लुम्बिनी एकेडेमी अन्तिम चारमा

काठमाडौं (खेलदैनिक) । लुम्बिनी एकेडेमी तेश्रो साइपल कप थ्री बाई थ्री बास्केटबल प्रतियोगिताको गल्र्सतर्फ आइतबार सेमिफाइनलमा प्रवेश गरेको छ । लुम्बिनीले अन्नपूर्णलाई १०–३ ले पराजित गर्यो । लुम्बिनीको जितमा पुनम भुजेलले ५ अंक योगदान गरिन् ।

साइपाल एकेडेमीद्वारा आयोजित प्रतियोगिताको गल्र्समै द ग्रेट माया, धौलागिरी र स्वप्न वाटिका पनि आ–आफ्नो खेल जित्दै सेमिफाइनलमा पुग्न सफल भए ।

ग्रेट मायाले रिलायन्स रेसिडेन्सियल ‘बी’ लाई ७–५ ले हरायो । विजेताकी रोशनी श्रेष्ठले ४ अंक योगदान गरिन् । लक्ष्मी श्रेष्ठको ११ अंक सहयोगमा धौलागिरीले रिलायन्स ‘ए’ को चुनौती १८–१२ ले समाप्त पा¥यो । स्वप्न वाटिकाले ईडेन ब्रिज एकेडेमी ‘सी’ को यात्रा ८–३ ले पूर्णविराम लगायो । विजयी टिमकी विमला ऐडीले ४ स्कोर गरिन् ।

प्रतियोगिताको साइपालका अध्यक्ष निरन्जन चापागाईंले एक कार्यक्रमबीच उद्घाटन गरे । प्रतियोगितामा ब्वाइज र गल्र्सतर्फ समान ३२–३२ गरी ६४ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरिरहेका छन् । ब्वाइज र गल्र्समा ‘मोस्ट भेलुएबल प्लेयर’ चुनिने खेलाडीलाई जनही ६० हजार बराबरको छात्रवृत्ति प्रदान गरिने छ । फाइनल मंगलबार हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...