साइपाल बास्केटबल आजदेखि

साइपाल थ्री बाइ थ्री बास्केटबल बारे जानकारी गराउदै आयोजक ।

काठमाडौं (खेलदैनिक) । साइपाल एकेडेमीको आयोजनामा तेश्रो साइपल कप थ्री बाई थ्री बास्केटबल प्रतियोगिता आजदेखि सुरु हुँदैछ ।

प्रतियोगितामा ब्वाइज र गल्र्सतर्फ समान ३२–३२ गरी ६४ टिमको सहभागिता रहने साइपालका प्रिन्सिपल सुमन नगरकोटीले जानकारी दिए । सहभागी टिमलाई ८ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइनेछ । प्रत्येक समूहको शीर्ष दुई स्थान हासिल गर्ने टोली प्रिक्वाटरफाइनलमा प्रवेश गर्नेछन् ।

ब्वाइज र गल्र्समा ‘मोस्ट भेलुएबल प्लेयर’ चुनिने खेलाडीलाई जनही ६० हजार बराबरको छात्रवृत्ति प्रदान गरिने बताइएको छ । ब्वाइजमा क्यापिटल कलेज एन्ड रिसर्च सेन्टर (सीसीआरसी) र गल्र्समा हिमालयन ह्याप्पी चिल्ड्रेन एकेडेमी (एचएचसीए) डिफेन्डिङ च्याम्पियन हुन् । तीनदिने प्रतियोगिताका खेलहरु धुम्बाराहीस्थित आयोजककै कोर्टमा हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...