साइपाल बास्केटबल आउँदो आइतबारदेखि

काठमाडौं (खेलदैनिक) । साइपाल एकेडेमीको आयोजनामा तेश्रो साइपल कप थ्री बाई थ्री बास्केटबल प्रतियोगिता आइतबारदेखि हुने भएको छ ।

प्रतियोगितामा ब्वाइज र गल्र्सतर्फ समान ३२–३२ गरी ६४ टिमको सहभागिता रहने साइपालका ईसीए इन्चार्ज विनोद बुढाथोकीले जनाएका छन् । दुवैतर्फ सहभागी टिमलाई ८ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइनेछ ।

प्रत्येक समूहको शीर्ष दुई टोली प्रिक्वाटरफाइनलमा प्रवेश गर्नेछन् । ब्वाइज र गल्र्समा ‘मोस्ट भेलुएबल प्लेयर’ चुनिने खेलाडीलाई जनही ६० हजार बराबरको छात्रवृत्ति प्रदान गरिने आयोजकले जनाएको छ ।

ब्वाइजमा क्यापिटल कलेज एन्ड रिसर्च सेन्टर (सीसीआरसी) र गल्र्समा हिमालयन ह्याप्पी चिल्ड्रेन एकेडेमी (एचएचसीए) डिफेन्डिङ च्याम्पियन हुन् । तीनदिने प्रतियोगिताका खेलहरु धुम्बाराहीस्थित आयोजककै कोर्टमा हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...