लालीगुराँस बास्केटबल भोलिदेखि

लालीगुराँस नेसनल एकेडेमीको आयोजनामा तेश्रो लालीगुराँस अन्तरविद्यालय बास्केटबल प्रतियोगिता आइतबारदेखि सुरु हुँदैछ ।प्रतियोगितामा जुनियर ब्वाइज र सिनियर गल्र्समा प्रतिस्पर्धा हुने लालीगुराँसका प्रिन्सिपल गोपाल बुढाथोकीले शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । ब्वाइजमा १४ र गल्र्समा ८ गरी २२ टिमको सहभागिता रहने लालीगुराँसका बास्केटबल प्रशिक्षक सुनील केसीले अवगत गराए ।

ब्वाइजलाई ४ र गल्र्सलाई २ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ । ब्वाइजको समूह विजेता र उपविजेता क्वाटरफाइनलमा प्रवेश गर्नेछन् । गल्र्सको समूह विजेता र उपविजेता सोझै सेमिफाइनलमा पुग्ने छन् ।

प्रतियोगिता सञ्चालन गर्न करिब १ लाख ५० हजार खर्च हुने लालीगुराँसका ईसीए डाइरेक्टर जोगेन्द्र केसीले बताए । ब्वाइजमा ग्रिनल्यान्ड डिफेन्डिङ च्याम्पियन हो भने गल्र्सको विधा पहिलो पटक थपिएको हो । छदिने प्रतियोगिताका खेलहरु मनमैजुस्थित आयोजकै कोर्टमा हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...