एचएचसीएको दुवै टिम सेमीफाइनलमा

काठमाडौं । हिमालयन ह्याप्पी चिल्ड्रेन एकेडेमी(एचएचसीए)का छात्रा र छात्र दुवै टिम प्रथम केभीकेएसएस कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सेमीफाइनलमा पुगेका छन् ।छात्राले बाबालाई र छात्रले भद्रकालीलाई हराउँदै सेमिफाइनलमा प्रवेश गरे । छात्रतर्फ एचएचसीए टिम ‘ए’ले गोल्डेनपीकसँग सेमीफाइनलमा प्रतिस्पर्धा गर्नेछ । बिहिबार टोखास्थित आयोजक काठमाडौं विद्याकुञ्ज स्कुलको कोर्टमा भएको छात्रतर्फको क्वाटरफाइनलमा गोल्डेनपीकले भ्याली पब्लिकमाथी ३६–३३ को रोमाञ्चक जित निकाल्दै अन्तिम चारमा स्थान बनायो ।

निर्धारित समयमा दुवै टिमले ३३–३३ स्कोर गरेपछि खेलको निर्णायक अतिरिक्त समयमा टुंगीएको थियो । गोल्डेनपीको जितमा संजोग रावतले १८ स्कोर गरे । एचएचसीको टिम एले भद्रकाली स्कुललाई ५४–३२ को स्कोरमा हराउँदै गोल्डेनपीकसँगको भेट पक्का ग¥यो । एचएचसीएको जितमा विशाल राई १७ स्कोर गरे । छात्रमै बुद्ध एकेडेमीले एञ्जल्स हार्टलाई ४७–४० को प्रतिस्पर्धात्मक स्कोरमा हराउँदै जित अन्तिम आठमा स्थान बनायो ।

बुद्धको जितमा प्रमोद लामाले १५ स्कोर गरे । प्रवेश मगरको १५ स्कोरको मद्दतमा नेरिकले ग्रीनल्यान्डमाथी ३८–१६ को सहज जित निकाल्दै सेमीमा बुद्धसँगको भेट तय ग¥यो ।

बिहिबार नै भएको छात्रातर्फको क्वाटरफाइनलको खेलमा भ्याली पब्लिकले श्रीदेवालाई ३३–१८ ले हराउँदै सेमीफाइनलमा स्थान बनायो । भ्यालीको जितमा दृष्टि श्रेष्ठले १० स्कोर गरिन् । भ्याली पब्लिकले बुधबार नै सेमीफाइनलमा स्थान बनाइसकेको इडनब्रीजसँग खेल्नेछ । अर्को क्वाटरफाइनलमा ममता गुरुङको १२ स्कोरको मद्दतले इनोभेटिभले आयोजक काठमाडौँ विद्याकुञ्जलाई ५३–३७ स्कोरले स्तब्ध बनायो । इनोभेटिभले सेमिफाइनलमा एचएचसीएसँग प्रतिस्पर्धा गर्नेछ । एचएचसीले बाबा बोर्डीङलाई ३५–१८ ले हराउँदै इनोभेटिभसँगको भेट पक्का ग¥यो । एचएचसीएको जितमा सञ्जु हायूले महत्वपुर्ण १७ स्कोर गरिन् ।


प्रतिक्रिया दिनुहोस

Loading...