लुम्बिनी सेमिफाइनलमा

आयोजक लुम्बिनी प्रथम लुम्बिनी कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको गल्र्समा शनिबार सेमिफाइनलमा प्रवेश गरेको छ ।

चुच्चेपाटीस्थित घरेलु कोर्टमा लुम्बिनीले ओडिसी इन्टरनेसनल एकेडेमीलाई १६–४ ले पराजित ग¥यो । लुम्बिनीको जितमा निलम राईले ४ अंक योगदान गरिन् ।

गल्र्सकै अन्य क्वाटरफाइनलमा सुटरले ग्रेट माया ‘बी’ लाई ११–३, ग्रेट माया ‘ए’ ले साइपाल एकेडेमीलाई १७–६ तथा क्याभिलियर्सले लियोपार्डलाई ८–२ ले हराउदै सेमिफाइनलमा स्थान पक्का गरे । सेमिफाइनलमा क्याभिलियर्सका भेट ग्रेट माया ‘ए’ संग हुनेछ भने लुम्बिनीले सुटरको सामना गर्नेछ ।

प्रतियोगिताको लुम्बिनीका प्रिन्सिपल रविनचन्द्र कोइरालाले रेफ्री संयोजक निरन्जन सत्याललाई बल हस्तान्तरण गरी उद्घाटन गरे । सोमबारसम्म चल्ने प्रतियोगिताको ब्वाइज र गल्र्समा समान ३२–३२ टिम सहभागी छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...