हिमालयनको दोहोरो जित

आयोजक हिमालयन एकेडेमीले प्रथम हिमालयन कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा सोमबार दोहोरो जित हात पारेको छ ।सिनियर ब्वाइजमा हिमालयनले ज्योति एकेडेमीलाई २५–१४ ले पराजित ग¥यो । विजयी टिमका लागि सन्जोग मगरले १४ अंक जोडे । सिनियर गल्र्समा हिमालयनले जेनिथलाई १२–१० ले हरायो । हिमालयनकी सिम्रन प्रधानले ८ अंक जोडिन् ।

सिनियर ब्वाइजको अन्य खेलमा नेरिकले हेम्सलाई ३४–११, होलीभिजनले ग्रिन लनलाई २२–८ तथा ज्ञान निकेतनले त्रिरत्नलाई ४३–१४ ले पन्छाए । नेरिकका पवन खत्रीले १९, होलीभिजनका प्रवीण राउतले १४ र ज्ञान निकेतनका सम्राट भूमिले १३ स्कोर गरे ।

सिनियर गल्र्सको अर्को खेलमा ईडेन ब्रिज एकेडेमी (ईबीए) ले स्वर्णिमलाई १९–१७ ले पाखा लगायो । ईबीएको जितमा एन्जल शेर्पाले १० अंक योगदन गरिन् ।

जुनियर ब्वाइजमा सेबले नेरिकमाथि २१–१२ तथा ग्रिनफिल्डले इन्टरनेसनल पिस एकेडेमीमाथि २२–८ को जित निकाले । सेबका रवि शर्माले १० तथा ग्रिनफिल्डका उमेश दाहालले १३ अंक जोडे ।

प्रतियोगिताको काठमाडौं एन प्याब्सनका उपाध्यक्ष खडकबहादुर बस्नेतले एक कार्यक्रमबीच उद्घाटन गरे । साताव्यापी प्रतियोगिताको सिनियर ब्वाइज र जुनियर ब्वाइजमा समान १६–१६ तथा सिनियर गल्र्समा १२ टिम सहभागी छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...