बीएनए र ओडिसी विजयी

आयोजक बसुन्धारा नेसनल एकेडेमी (बीएनए) र डिफेन्डिङ च्याम्पियन ओडिसी इन्टरनेसाल एकेडेमीले दोश्रो बीएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा बिहीबार जित हात पारेका छन् ।बीएनएले ग्रिनल्यानडलाई २७–२४ ले पराजित ग¥यो । बीएनएको जितमा हितेश गुरुङले १३ अंक योगदान गरे । अनिशको १९ अंक सहयोगमा ओडिसीले नव जीवनलाई ३०–१७ ले हरायो ।

जुनियर ब्वाइजमै नेपाल मोडेलले निब्सलाई ३४–१२, भ्याली पब्लिकले एन्जल्स हर्टलाई २१–१५, लालीगुराँसले मनासलुलाई ५५–४०, स्किब्सले ज्ञान सिन्धुलाई १५–११ तथा ईडेन ब्रिज एकेडेमी (ईबीए) ले दीपज्योतिलाई ४५–४० ले पन्छाए ।


प्रतिक्रिया दिनुहोस

Loading...