बीएनए बास्केटबल भोलिदेखि

बसुन्धारा नेसनल एकेडेमी (बीएनए) को आयोजनामा दोश्रो बीएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता बुधबारदेखि सुरु हुने भएको छ ।प्रतियोगितामा जुनियर ब्वाइज र सिनियर गल्र्समा १६–१६ गरी जम्मा ३२ टिमको सहभागिता रहने मंगलबार आयोजित पत्रकार सम्मेलनमा बीएनएका प्रिन्सिपल टंककुमार चापागाईंले जानकारी गराए ।

दुवै समूहमा सहभागी टिमलाई ४ समूहमा विजभान गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ । समूहको शीर्ष दुई टोली क्वाटरफाइनलमा पुग्नेछन् । गल्र्सको स्पर्धा थ्री बाइ थ्री स्वरुपमा हुनेछ ।

प्रतियोगिता सञ्चालन गर्न करिब ३ लाख खर्च हुने आयोजकले जनाएको छ । पत्रकार सम्मेलनमा बीएनएका कार्यक्रम संयोजक सन्तोष फुयाल र अध्यक्ष प्रवीण श्रेष्ठले प्रतियोगिताको विविध पक्ष बारे प्रकाश पारेका थिए ।

साताव्यापी प्रतियोगिताका खेलहरु बसुन्धारास्थित आयोजककै कोर्टमा हुनेछ । जुनियर ब्वाइजमा ओडिसी इन्टरनेसनल एकेडेमी र सिनियर गल्र्समा भ्याली पब्लिक डिफेन्डिङ च्याम्पियन हुन् ।


प्रतिक्रिया दिनुहोस

Loading...