टाइम्स र रोयल फाइनलमा

काठमाडौं (खेलदैनिक) । टाइम्स इन्टरनेसनल कलेज र आयोजक रोयल स्पोर्ट्स सेन्ट्रल जिएए तेश्रो रोयल यु–२३ पुरुष बास्केटबल प्रतियोगितामा मंगलबार फाइनलमा प्रवेश गरेका छन् ।

टाइम्सले विशाल मिलन केन्द्र (वीएमके) लाई ८७–६५ ले पराजित गर्यो । टाइम्सको जितमा श्रेयश शाहले २० अंक योगदान गरे । रवि पौडेलको २१ अंक सहयोगमा अघिल्ला दुवै संस्करणको विजेता रोयलले अन्माइस नेपाललाई ८७–५१ ले हरायो । फाइनल बुधबार हुने छ ।

रोयल र जेभियर उपाधिनजिक

रोयल स्पोर्ट्स सेन्ट्रल र जेभियर इन्टरनेसनल कलेज फादर वाट्रिन स्मृति महिला खुला बास्केटबल प्रतियोगितामा मंगलबार फाइनलमा पुगेका छन् । राउन्ड रोविन लिगमा रोयल विजेता तथा जेभियर उपविजेता हुँदै फाइनलमा पुगेका हुन् ।

गोदावरी अल्मुनाइ एसोसिएसन (जिएए) द्वारा आयोजित प्रतियोगितामा रोयलले नयाँ बजार क्लब, कीर्तिपुरलाई ३४–१७ ले पाखा लगायो । रोयलकी प्रतिक्षा मगरले १४ स्कोर गरिन् । जेभियरले आईएसए नेपाललाई २८–१९ ले पन्छायो । जेभियरकी कृति चौधरीले ८ अंक जोडिन् । फाइनल बिहीबार हुने छ ।


प्रतिक्रिया दिनुहोस

Loading...