जेभियरको जित

काठमाडौं (खेलदैनिक) । जेभियर इन्टरनेसनल कलेजले पाँचौं नारायणप्रसाद स्मृति अन्तरकलेज बास्केटबल प्रतियोगिताको ब्वाइजमा शुक्रबार जित हात पारेको छ ।

ग्वार्कोस्थित आयोजक क्वेस्ट इन्टरनेसनल कलेजको कोर्टमा जेभियरले नाथमलाई ७२–३८ ले पराजित गर्यो । जेभियरका रवि पौडेलले २१ अंक जोडे ।

ब्वाइमै मल्पी र केसीएम पनि विजयी भए । मल्पीले शुभश्रीलाई २४–२२ को साँघुरो अन्तरले हरायो । मल्पीका स्वज्ञान खाइजुले ११ स्कोर गरे । सायम विरुद्धको खेलमा केसीएम ५०–४४ ले विजयी भयो । केसीएमका युवराज श्रेष्ठले २२ अंक बटुले ।

गल्र्सको राउन्ड रोविन लिगमा नाथमले शुभश्रीमाथि २३–८ को जित निकाल्यो । नाथमकी झरना वज्राचार्यले ८ स्कोर गरिन् ।


प्रतिक्रिया दिनुहोस

Loading...