रोयल (ए) च्याम्पियन

काठमाडौं (खेलदैनिक) । रोयल ‘ए’ खुला महिला थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको च्याम्पियन बनेको छ ।

प्रोफेसनल एडुकेसन कन्सल्टेन्सीद्वारा आयोजित प्रतियोगिताको फाइनलमा रोयल ‘ए’ ले नेपाल प्रहरी क्लब ‘बी’ लाई ११–९ ले पराजित गर्यो । विजयी टिमका लागि प्रतिक्षा मगरले सर्वाधिक ९ अंक योगदान गरिन् ।

प्रतिक्षा नै ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भइन् । विजेताले २० हजार तथा उपविजेताले १० हजार नगद पुरस्कार प्राप्त गरे । प्रतिक्षाले गिफ्ट ह्याम्पर पाइन् ।

विजेतालाई नेपाल बास्केटबलका महासचिव नरेन्द्र थापा, प्रतियोगिता संयोजक सुवास दर्शनलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । चण्डोलस्थित विशाल मिलन केन्द्र (बीएमके) को कोर्टमा भएको एकदिने प्रतियोगितामा १० टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...