बंगलादेश र आर्मी विजयी

बंगलादेश नेभी र त्रिभूवन आर्मी क्लबले चौथो विशाल मिलन केन्द्र (विएमके) खुला बास्केटबल प्रतियोगिताको पुरुषमा बिहीबार जित हात पारेका छन् ।

बंगलादेशले आयोजक विशाल मिलन केन्द्र (विएमके) लाई ७३–४२ ले पराजित ग¥यो । चारै क्वाटरमा अग्रता हासिल गरेको बंगलादेशले १४–१३, १६–९, २२–१४ र २२–६ को प्रदर्शन ग¥यो । बंगलादेशको जितमा मिथुन कुमारले सर्वाधिक २४ अंक योगदान गरे ।

अर्को खेलमा आर्मीले इनोभेटिभ बानेश्वरलाई ८५–७३ ले हरायो । पहिलो र दोश्रो क्वाटरमा क्रमशः २२–१७ र १६–१० को अग्रता बनाएको आर्मी तेश्रोमा २२–२६ ले पछि प¥यो । चौथो क्वाटर आर्मीले २५–२० ले आफ्नो पक्षमा पा¥यो । आर्मीका लागि रविन खत्रीले २३ अंक जोडे ।


प्रतिक्रिया दिनुहोस

Loading...