
काठमाडौं (खेलदैनिक) । वडा ६ र ४ नवौं कीर्तिपुर नगरव्यापी अन्तर वडा पुरुष तथा महिला बास्केटबल प्रतियोगिताको महिलातर्फ शुक्रबार फाइनलमा प्रवेश गरेका छन् ।
कीर्तिपुरको नयाँबजारस्थित कभर्डहलमा जारी प्रतियोगिताको पहिलो सेमिफाइनलमा वडा ६ ले वडा ३ लाई ५७–३५ ले पराजित गर्यो । विजयी टिमका निम्ति प्रजिता कार्कीले २९ अंक जोडिन् ।
कीर्तिपुर बास्केटबल संघद्वारा आयोजित प्रतियोगिताको अर्को सेमिफाइनलमा वडा ४ ले वडा १० लाई ५०–३९ ले हरायो । वडा ४ की मुना महर्जनले २३ स्कोर गरिन् ।