वडा १० को जित

काठमाडौं (खेलदैनिक) । वडा १० ले नवौं कीर्तिपुर नगरव्यापी अन्तर वडा पुरुष÷महिला बास्केटबल प्रतियोगिताको महिलामा जित हात पारेको छ ।

कीर्तिपुरको नयाँबजारस्थित कभर्डहलमा वडा १० ले वडा २ लाई ४७–२३ ले पराजित ग¥यो । विजयी टिमका लागि प्रेडिका महर्जनले १७ अंक जोडिन् ।

कीर्तिपुर बास्केटबल संघद्वारा आयोजित प्रतियोगिताको पुरुषमा वडा ३ र वडा १० ‘ए’ ले सफलता पाए ।

वडा ३ ले वडा ६ लाई ५६–३३ ले हरायो । वडा ३ को जितमा अनिल शाहीले २० अंक योगदान गरे । निश्चल महर्जनको २८ अंक सहयोगमा वडा १० ‘ए’ ले वडा २ लाई ५१–४३ ले हराए ।


प्रतिक्रिया दिनुहोस

Loading...