अन्तर वडा बास्केटबलः वडा ६ विजयी

काठमाडौं (खेलदैनिक) । वडा ६ ले नवौं कीर्तिपुर नगरव्यापी अन्तर वडा पुरुष÷महिला बास्केटबल प्रतियोगिताको महिलामा जित हात पारेको छ । वडा ६ ले वडा १० लाई ३६–३१ ले पराजित गर्यो ।

कीर्तिपुर बास्केटबल संघको आयोजनामा कीर्तिपुरको नयाँबजार कभर्डहलमा भइरहेको प्रतियोगिताको पुरुषमा वडा ८ ले वडा १० ‘ए’ लाई ६८–६१, वडा ६ ले वडा १० ‘सी’ लाई ४५–३३ र वडा ९ ले वडा ५ लाई ६५–६२ ले हराए ।


प्रतिक्रिया दिनुहोस

Loading...