क्याम्पियन बन्यो च्याम्पियन

काठमाडौं (खेलदैनिक) । क्याम्पियनले अनमोल स्मृति खुला पुरुष थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि शुक्रबार जितेको छ ।

प्रोफेसनल एजुकेसन कन्सल्टेन्सीद्वारा आयोजित प्रतियोगिताको फाइनलमा क्याम्पियनले बूढानीलकण्ठलाई २१–१९ ले पराजित गर्याे । जितमा जीवनले १३ अंक योगदान गरे । क्याम्पियनका जसाङ सुनुवार ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।

विजेतालाई नेपालका बास्केटबल संघका महासचिव नरेन्द्र थापा, प्रोफेसनलका डाइरेक्टर प्रोग्राम्स राजु सिंह र साउर्थन क्रसकी कन्ट्री म्यानेजर शुभी प्रधानले एक कार्यक्रमबीच पुरस्कृत गरे ।


प्रतिक्रिया दिनुहोस

Loading...