ओमेगा र सीसीआरसी उपाधि नजिक

काठमाडौं (खेलदैनिक) । ओमेगा इन्टरनेसनल कलेज र सीसीआरसी क्वेस्ट कप अन्तरकलेज बास्केटबल प्रतियोगिताको ब्वाइजमा बुधबार फाइनलमा प्रवेश गरेका छन् ।

ग्वार्कोस्थित आयोजक क्वेस्ट इन्टरनेसनल कलेजको कोर्टमा भएको सेमिफाइनलमा ओमेगाले रिलायन्सलाई ४६–३२ ले पराजित गर्यो । ओमेगाका हेमलालले १६ अंक जोडे । सीसीआरसीले युनिकलाई ५८–२९ ले हरायो । सीसीआरसीका सिजल सुवेदीले २२ स्कोर गरे ।

पाँच टिम सहभागी गल्र्सको राउन्ड रोविन लिगमा साइपाल एकेडेमी शत प्रतिशत जित निकाल्दै फाइनलमा पुग्यो । अन्तिम खेलमा जित हार्दै समूह विजेता बनेको साइपालले रिलायन्सलाई ३८–२३ ले पन्छायो । साइपालकी दृष्टि श्रेष्ठले १३ अंक जोडिन् । रिलायन्स पनि उपविजेता हुँदै फाइनलमा पुग्न सफल भयो । फाइनल शुक्रबार हुने छ ।

ब्वाइजको विजेताले २० हजार र उपविजेताले १० हजार नगद पुरस्कार पाउने छन् । गल्र्समा पहिलो हुनेले १५ हजार तथा दोश्रोले १० हजार नगद पुरस्कार हात पार्ने छन् । ब्वाइजमा ८ तथा गल्र्समा ५ टिम सहभागी छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...