गोल्डेनपिक च्याम्पियन

काठमाडौं (खेलदैनिक) । गोल्डेनपिकले चौथो माफ यु–१४ जुनियर ब्वाइज बास्केटबल प्रतियोगिताको उपाधि सोमबार जितेको छ ।

शंखमूलस्थित ज्ञान निकेतनको कोर्टमा भएको फाइनलमा गोल्डेपिकले लाइसियम मोडेल, सिफललाई ४०–२८ ले हरायो । गोल्डेनपिकका दिनेश रावलले २० अंक जोडे । दिनेश नै ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।

माफद्वारा आयोजित प्रतियोगितामा जगत मन्दिरले तेश्रो स्थानमा चित्त बुझायो । जगत मन्दिरले एलिक्सरलाई २७–१७ ले हरायो । जगत मन्दिरका अनिश माझीले १८ स्कोर गरे ।

विजेतालाई माफका अध्यक्ष राजन आचार्य, ज्ञान निकेतनकी संरक्षिका लीला कुँवर र ज्ञान निकेतनका प्रमुख कार्यकारी अधिकृत विश्वजित कुँवरले एक कार्यक्रमबीच पुरस्कृत गरे । तीनदिने प्रतियोगितामा १२ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...