मोर्गन क्वाटरफाइनलमा

काठमाडौं (खेलदैनिक) । मोर्गन इन्टरनेसनल कलेज १९ औं ज्ञान निकेतन बास्केटबल प्रतियोगिताको प्लस टु ब्वाइजतर्फ बिहीबार क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

शंखमूलस्थित आयोजक ज्ञान निकेतनको कोर्टमा मोर्गनले नोबेल एकेडेमीलाई ४५–३१ ले पराजित गर्यो । मोर्गनका निश्चल देवकोटाले १७ अंक जोडे । इन्साइट भिजन पनि ग्लेसियरलाई ३७–२७ ले हराउदै सोही स्पर्धामा क्वाटरफाइनलमा पुग्न सफल भयो । इन्साइट भिजनका जश गुरुङले १७ अंक जोडे ।

प्लस टु ब्वाइजमै गोल्डेनगेट इन्टरनेसनल कलेजले ट्रिनिटी इन्टरनेसनल कलेजलाई ६८–५१, जेभियर इन्टरनेसनल कलेजले चाणक्यलाई ६३–४० र ह्वाइटहाउसले रिलायन्स इन्टरनेसनल एकेडेमीलाई ४१–२७ ले पाखा लगाए । गोल्डेनगेटका आशुतोष उप्रेतीले २५, जेभियरका सोनाम श्रेष्ठले ३० र ह्वाइटहाउसका सुरज बस्नेतले १६ स्कोर गरे ।


प्रतिक्रिया दिनुहोस

Loading...