आयोजक ज्ञान निकेतनको दोश्रो जित

काठमाडौं (खेलदैनिक) । आयोजक ज्ञान निकेतनले १९ औं ज्ञान निकेतन बास्केटबल प्रतियोगिताको प्लस टु ब्वाइजमा बुधबार दोश्रो जित हात पारेको छ ।

ज्ञान निकेतनले ट्रिनिटीलाई ६२–४४ ले पराजित गर्दै लगातार दोश्रो जित हात पार्यो । ज्ञान निकेतनका नयेन्द्र परियारले १७ अंक जोडे ।

प्लस टु ब्वाइजमै जेभियर इन्टरनेसनल कलेज, न्यु जेनिथ, रिलायन्स इन्टरनेसनल एकेडेमी, मोर्गन इन्टरनेसनल कजेज र नोबेल एकेडेमी विजयी भए ।

जेभियरले रोजबडलाई ६३–३२ को फराकिलो अन्तरले हरायो । विजयी टिमका लागि लियुश केसीले २० अंक जोडे । न्यु जेनिथले चाणक्यलाई ३५–२१ ले पाखा लगायो । न्यु जेनिथका अजय घलेले १३ स्कोर गरे । रिलायन्सले बर्न हार्टमाथि २२–२० को कठिन जित दर्ता ग¥यो । रिलायन्सका लोकमान गुरुङले १४ अंक बटुले ।

त्यस्तै मोर्गनले इन्साइट भिजनलाई ३८–२४ ले पन्छायो । मोर्गनका प्रसिद्ध गुरुङले ११ अंक जोडे । ग्लेसियर विरुद्धको खेलमा नोबेल ३१–२२ ले विजयी भयो । नोबेलका आयुश भण्डारीले १४ स्कोर गरे ।


प्रतिक्रिया दिनुहोस

Loading...