सीसीआरसी सेमिफाइनलमा

काठमाडौं (खेलदैनिक) । सीसीआरसी चौथो रोजबड प्लस टु छात्र बास्केटबल प्रतियोगितामा बिहीबार सेमिफाइनलमा प्रवेश गरेको छ ।

रोजबड स्कुलको आयोजनामा भइरहेको प्रतियोगितामा सीसीआरसीले समृद्धिलाई ६३–४३ ले पराजित गर्यो । सीसीआरसीका रोशन श्रेष्ठले १४ अंक जोडे ।

ह्वाइटहाउस र टाइम्स पनि सेमिफाइनलमा पुगे । ह्वाइटहाउसले ट्रिनिटीलाई ५५–५१ ले हरायो । विजेताका सुरज बस्नेतले १५ अंक जोडे । टाइम्सले आयोजक रोजबडमाथि ६२–५५ को जित दर्ता ग¥यो । टाइम्सका पेम्बा शेर्पाले २३ स्कोर गरे ।


प्रतिक्रिया दिनुहोस

Loading...