ज्ञान निकेतन, ट्रिनिटी र टाइम्स सफल

काठमाडौं (खेलदैनिक) । ज्ञान निकेतनले चौथो रोजबड प्लस टु छात्र बास्केटबल प्रतियोगितामा मंगलबार जित हात पारेको छ ।

बुद्धनगरस्थित रोजबड स्कुलको आयोजनामा भइरहेको प्रतियोगितामा ज्ञान निकेतनले हेराल्डलाई ४९–४२ ले पराजित गर्यो । ज्ञान निकेतनका मनीष तामाङले २१ अंक जोडे ।

ट्रिनिटी र टाइम्सले पनि आ–आफ्नो खेलमा सफलता पाए । ट्रिनिटीले एभरेष्ट फ्लोरिडालाई ७७–४२ तथा टाइम्सले युनिग्लोबलाई ६६–३१ ले हराए । ट्रिनिटीका किरण कँडेलले १९ तथा टाइम्सका पेम्बा शेर्पाले २३ स्कोर गरे ।


प्रतिक्रिया दिनुहोस

Loading...