विज किड्स र लाइसियम फाइनलमा

काठमाडौं (खेलदैनिक) । विज किड्स र लाइसियम मोडेल तेश्रो माफ अन्तरविद्यालय भलिबल प्रतियोगिताको गल्र्समा शुक्रबार फाइनलमा प्रवेश गरेका छन् ।

माफद्वारा आयोजित प्रतियोगिताको सेमिफाइनलमा विज किड्ले ग्लोबल पब्लिकलाई २५–१० र २५–८ तथा लाइसियमले क्याम्ब्रिजलाई २५–१७ र २५–१६ को सोझो सेटमा पराजित गरे ।

कालोपुलस्थित एडभान्स स्कुलमा भइरहेको प्रतियोगिताको ब्वाइजमा ग्लोबल र जगत मन्दिरले उपाधि भिडन्त पक्का गरे । सेमिफाइनलमा ग्लोबलले लाइसियमलाई २५–१५, १३–२५ र २५–२१ तथा जगत मन्दिरले सम्भावीलाई १५–२५, २५–२३ र २५–९ को सेटमा हराए । फाइनल शनिबार हुने छ ।


प्रतिक्रिया दिनुहोस

Loading...