सीसीआरसी सेमिफाइनलमा

नवौं बर्नहार्ट कप अन्तरकलेज बास्केटबलको ब्वाइजमा ट्रिनिटी (रातो) र ज्ञान निकेतनका खेलाडी प्रतिस्पर्धा गर्दै ।

काठमाडौं (खेलदैनिक) । सीसीआरसी नवौं बर्नहार्ट कप अन्तरकलेज बास्केटबल प्रतियोगिताको ब्वाइजमा मंगलबार सेमिफाइनलमा प्रवेश गरेको छ ।

बल्खुस्थित आयोजक काठमाडौं बर्नहार्ट कलेजद्वारा आयोजित प्रतियोगितामा सीसीआरसीले समृद्धिलाई ६०–५५ ले पराजित ग¥यो । सीसीआरसीका सफल मगरले १४ अंक जोडे ।

ब्वाइजमै गोल्डेनगेट, ट्रिनिटी र न्यु जेनिथ पनि आ–आफ्नो खेल जित्दै सेमिफाइनलमा पुग्न सफल भए । गोल्डेनगेटले एलआरआईलाई ५४–४१ ले हरायो । गोल्डेनगेटका कौशल शर्माले २० स्कोर गरे ।

ट्रिनिटीले ज्ञान निकेतनको यात्रा ६९–६१ ले पूर्णविराम लगायो । ट्रिनिटीका किरण कँडेलले १८ अंक जोडे । मोर्गन विरुद्धको खेलमा न्यु जेनिथ ७०–६३ ले विजयी भयो । न्यु जेनिथका विशाल राईले २९ अंक जोडे ।


प्रतिक्रिया दिनुहोस

Loading...