युलेन्स, एन्जल्स हर्ट र निम्सलाई स्किब्स कपको उपाधि

पाँचौं स्किब्स अन्तरविद्यालय थ्री बाइ थ्री बास्केटबल उपाधि विजेता युलेन्स, एन्जल्स हर्ट र निम्स टोली ।

काठमाडौं (खेलदैनिक) । युलेन्स, एन्जल्स हर्ट र निम्सले पाँचौं स्किब्स अन्तरविद्यालय थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि बुधबार जितेका छन् । युलेन्स सिनियर ब्वाइज, एन्जल्स हर्ट जुनियर ब्वाइज र निम्स सिनियर गल्र्समा च्याम्पियन बने ।

बसुन्धारास्थित आयोजक स्किब्सको कोर्टमा भएको सिनियर ब्वाइज फाइनलमा युलेन्सले बीएनएलाई १८–१३ ले पराजित ग¥यो । युलेन्सका स्पन्दन प्रधानाङ्गले १० अंक जोडे ।

जुनियर ब्वाइज फाइनलमा एन्जल्स हर्टले बीएनएलाई १३–१० ले हरायो । एन्जल्स हर्टका सुलभ मल्लले ७ स्कोर गरे ।

सिनियर गल्र्सको उपाधि भिडन्तमा निम्सले एचएचसीएलाई १०–७ ले पाखा लगाउदै उपाधि रक्षा गर्यो । निम्सकी संगीता बुढाथोकीले ५ अंक जोडिन् ।

फाइनलका सर्वाधिक स्कोरकर्तात्रय स्पन्दन, सुलभ र संगीता आ–आफ्नो विधामा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । विजेतालाई टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी, स्किब्सका प्रिन्सिपल अरुण केसीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

साउन ३२ गतेदेखि सुरु प्रतियोगिताको सिनियर ब्वाइजमा ३९, जुनियर ब्वाइजमा १६ र सिनियर गल्र्समा २४ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...