एकतर्फी जितका साथ सेब क्वाटरफाइनलमा

काठमाडौं (खेलदैनिक) । सेब आठौं ग्रिनफिल्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा शुक्रबार क्वाटरफाइनलमा प्रवेश गरेको छ । सेबले जेनिथलाई २८–१४ ले पराजित गर्यो ।

सेबको जितमा कुमार तामाङले १४ अंक जोडे । जुनियर ब्वाइजमै शिभम् लामाको १३ अंक सहयोगमा महामञ्जुश्रीले एलआरआईलाई ३९–१६ ले हरायो ।

सिनियर ब्वाइजमा नेपालयले ज्योति एकेडेमीलाई ३६–२३, न्यु जेनिथले एलआरआईलाई ४७–२७, महामञ्जुश्रीले एलाइट को–एडलाई ४२–१६, नवोदितले सेन्ट जेभियर्सलाई २९–३, काठमाडौं भ्यालीले तोरणलाई २७–२३, विल्सन एकेडेमीले आयोजक ग्रिनफिल्डलाई ५८–४८ र कमलले ग्लेन बड्सलाई २७–१६ ले पाखा लगाए ।

सिनियर गल्र्समा दुर्गा भवानीले कमललाई १०–३ ले हराउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गर्यो ।


प्रतिक्रिया दिनुहोस

Loading...