ग्रिनफिल्ड बास्केटबल : ज्ञान निकेतन विजयी

काठमाडौं (खेलदैनिक) । ज्ञान निकेतनले आठौं ग्रिनफिल्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा सोमबार जित हात पारेको छ ।

ज्ञान निकेतनले एक्सेल्सियरलाई २७–१० ले पराजित गर्यो । विजयी टिमका लागि सरोज थापाले १० अंक जोडे । जुनियर ब्वाइजमै नेरिक एकेडेमीले न्यु भिजनलाई २०–१५ तथा आयोजक ग्रिनफिल्ड ‘ए’ ले एलआरआईलाई २५–१२ ले हराए । नेरिकका अनुप खत्रीले १२ तथा ग्रिनफिल्ड ‘ए’ का महेश दाहालले ११ अंक जोडे ।

सिनियर ब्वाइजमा नेरिकले एक्सेल्सियरलाई ६५–५२ ले पाखा लगायो । नेरिकका समिप क्षेत्रीले २० स्कोर गरे । सिनियर गल्र्समा एलआरआईले ग्लेन बडलाई २५–१०, ज्योतिले नेरिकलाई २५–९ र सिद्धार्थ बनस्थलीले हर्टल्यान्डलाई २२–१६ ले पन्छाए । एलआरआईकी दीपशिखा विष्टले ११, ज्योतिकी सुस्मिता थापाले ९ र सिद्धार्थ बनस्थलीकी यशुश्री गुप्ताले १२ अंक जोडे ।


प्रतिक्रिया दिनुहोस

Loading...