काठमाडौं भ्याली र रेडिअन्टलाई सफलता

आठौं ग्रिनफिल्ड अन्तरविद्यालय बास्केटबलमा प्रतिस्पर्धा गर्दै खेलाडी ।

काठमाडौं (खेलदैनिक) । काठमाडौं भ्याली र रेडिअन्टले आठौं ग्रिनफिल्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा आइतबार सफलता पाएको छ ।

काठमाडौं भ्यालीले बागमतीलाई २८–१६ ले पराजित ग¥यो । काठमाडौं भ्यालीका सुजित राईले ११ अंक योगदान गरे । उपेन्द्र बस्नेतको १६ अंक सहयोगमा रेडिअन्टले तोरणलाई ५३–१५ ले सहजै हरायो ।

सिनियर ब्वाइजमै एक्सेल्सियरले सेन्ट जेभियर्सलाई ४२–२७, जुबिलियन्टले एलाइट को–एडलाई ३१–२७ र बिग बुद्धले लोक आदर्शलाई ५१–३३ ले पाखा लगाए । एक्सेल्सियरका कर्मा निमा गुरुङले २२ तथा जुबिलियन्टका सुरजकुमार दराईले १३ स्कोर गरे ।

जुनियर ब्वाइजमा सेबले एक्सेल्सियरलाई ३५–८, रेडिअन्टले आयोजक ग्रिनफिल्ड ‘बी’ लाई ३४–१८ र एन्जल्स हर्टले पिपुल्सलाई ५०–२५ ले पन्छाए । सेबका कुमार तामाङले १०, रेडिअन्टका शिव शाहले १२ र एन्जल्स हर्टका विवस मगरले १७ अंक जोडे ।

गल्र्समा विल्सन एकेडेमीले काठमाडौं भ्यालीलाई २६–१६ तथा हर्टल्यान्डले कमललाई ३०–१० ले पराजित गरे । विल्सनकी प्रशंसा ठकुरीले तथा हर्टल्यान्डकी द्रोणा मगरले ११ अंक बटुले ।


प्रतिक्रिया दिनुहोस

Loading...