आयाजक ग्रनफिल्डको दोहोरो जित

आठौं ग्रिनफिल्ड अन्तरविद्यालय बास्केटबलको उद्घाटन गर्ने क्रममा रेफ्रीलाई बल हस्तान्तरण गरिदै ।

काठमाडौं (खेलदैनिक) । आयोजक ग्रिनफिल्डले आठौं ग्रिनफिल्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा शनिबार दोहोरो जित हात पारेको छ ।

सिनियर ब्वाइजमा ग्रिनफिल्डले ग्रिन लन्सलाई ४५–२५ ले पराजित गर्यो । विजयी टिमका लागि विप्लव बलले १६ अंक जोडे । जुनियर ब्वाइजमा ग्रिनफिल्ड ‘ए’ ले महामञ्जुश्रीलाई ३०–२५ ले हरायो । विजेताका गोविन्द शाहीले ९ अंक जोडे ।

सिनियर ब्वाइजमै महामञ्जुश्रीले जुबिलियन्टलाई ३३–२०, विल्सनले कन्तिपुरलाई ४६–२७, ब्राइट होराइजनले ग्लेन बड्सलाई ३६–१०, बिग बुद्धले हर्ट ल्यान्डलाई ४०–३०, ज्ञान निकेतनले ज्योतिलाई ५३–३० र ग्रिनल्यान्डले दुर्गा भवानीलाई ५५–२२ ले पाखा लगाए ।

महामञ्जुश्रीका सुजन मोक्तानले २१, विल्सनका विनोद सेनले १८, ब्राइट होराइजनका प्रकाश कँडेलले १२, बिग बुद्धका प्रशान्त लोप्चनले २६, ज्ञान निकेतनका विशाल बुढाथोकीले १७ र ग्रिनल्यान्डका राजीव आले मगरले २६ स्कोर गरे ।

जुनियर ब्वाइजमा सेबले ज्ञान निकेतनलाई २५–२१ ले पन्छायो । सेबका कुमार तामाङले १७ अंक जोडे । गल्र्समा ग्रिनल्यान्डले ज्योति एकेडेमीलाई २१–१२ ले पराजित ग¥यो । ग्रिनल्यान्डकी सितोषना केसीले ८ अंक जोडिन् ।

प्रतियोगिताको ग्रिनल्यन्डका भाइस प्रिन्सिपल खिबराज शर्माले एक कार्यक्रमबीच उद्घाटन गरे । प्रतियोगिताको सिनियर ब्वाइजमा ३२, जुनियर ब्वाइजमा १५, गल्र्समा १४ तथा स्टाफमा ८ टिम सहभागी छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...