आयोजक मोर्गन अन्तिम चारमा

काठमाडौं (खेलदैनिक) । आयोजक मोर्गन इन्टरनेसनल कलेज मोर्गन कप यु–१८ बास्केटबल प्रतियोगिताको ब्वाइजतर्फ बिहीबार सेमिफाइनलमा प्रवेश गरेको छ । बसुन्धारास्थित घरेलु कोर्टमा मोर्गनले ह्वाइटहाउसलाई ५३–४४ ले पराजित गर्यो । मोर्गनका विवेक बानियाँले १५ अंक जोडे ।

ब्वाइजमै सीसीआरसी, जेभियर इन्टरनेसनल कलेज र गोल्डेनगेट इन्टरनेसनल कलेज पनि आ–आफ्नो खेल जित्दै सेमिफाइनलमा पुगे । सीसीआरसीले काठमाडौं नर्थ पोल क्लबलाई ५६–५२ ले हरायो । सीसीआरसीका पवन थापाले १६ अंक जोडे । जेभियरले हेराल्डमाथि ४५–२६ को जित दर्ता ग¥यो । जेभियरका सन्तोष खत्रीले ११ स्कोर गरे ।

गोल्डेनगेटले युनिकलाई ५९–३५ ले पाखा लगायो । विजेताका कर्मा गुरुङले २३ अंक बटुले । सेमिफाइनलमा गोल्डेनगेटको भेट जेभियरसंग हुनेछ भने सीसीआरसीले मोर्गन विरुद्ध खेल्नेछ । गल्र्सको सेमिफाइनल साइपाल एकेडेमी र जेभियर तथा मोर्गन र नर्थ पोलबीच हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...