साइपाल सेमिफाइनलमा

काठमाडौं (खेलदैनिक) । साइपाल एकेडेमी मोर्गन कप यु–१८ बास्केटबल प्रतियोगिताको गल्र्सतर्फ बुधबार सेमिफाइनलमा प्रवेश गरेको छ ।

समूह ‘ए’ लिग खेलमा साइपालले आयोजक मोर्गनलाई ३६–२४ ले पराजित गर्दै समूह विजेता बन्यो । साइपालकी रोशनी श्रेष्ठले १७ अंक जोडिन् । पराजयका बावजुद मोर्गन पनि समूह उपविजेता हुँदै सेमिफाइनलमा पुग्न सफल भयो ।

उक्त खेल संगै सेमिफाइनल समीकरण तयार भएको छ । सेमिफाइनलमा साइपालको भेट जेभियर इन्टरनेसनल कलेजसंग हुनेछ भने मोर्गनले काठमाडौं नर्थ पोल क्लब विरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

बसुन्धारास्थित आयोजक मोर्गनको कोर्टमा भइरहेको प्रतियोगिताको ब्वाइजमा गोल्डेनगेट, युनिक र ह्वाइटहाउसले क्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।

गोल्डेनगेटले साइपाललाई ५८–३० ले हरायो । गोल्डेनको जितमा चिरञ्जीवी रोकाले १५ अंक योगदान गरे । किरण कँडेलको २४ अंक सहयोगमा युनिकले बागमतीलाई ५६–३६ ले पाखा लगायो । हेराल्ड विरुद्धको खेलमा ह्वाइटहाउस ४८–३७ ले विजयी भयो । ह्वाइटहाउसका विजय चौधरीले १४ स्कोर गरे ।


प्रतिक्रिया दिनुहोस

Loading...