लुम्बिनी सेमिफाइनलमा

काठमाडौं (खेलदैनिक) । लुम्बिनी ‘ए’ प्रथम चाँदबाग सीबीएसइ अन्तरविद्यालय थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको एसइइतर्फ आइतबार सेमिफाइनलमा प्रवेश गरेको छ । लुम्बिनी ‘ए’ संगै काठमाडौं नर्थ पोल, इन्फेन्ट र टेरेसाले पनि सेमिफाइनलमा स्थान सुरक्षित गरे ।

द चाँदबाग स्कुल (सीबीएसइ) द्वारा आयोजित प्रतियोगिताको एसइइतर्फ नै ब्वाइजमा द ग्रेट माया ‘ए’ र ‘बी’, इन्फेन्ट ‘ए’ र ‘बी’, एम्पायर तथा निब्स क्वाटरफाइनलमा पुग्न सफल भए । प्रतियोगिताको चाँदबाग विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दामोदर लामिछानेले एक कार्यक्रमबीच उद्घाटन गरे ।

प्रतियोगितामा अन्तरविद्यालय र एसइइ दिएर बसेका विद्यार्थीको छुट्टाछुट्टै प्रतिस्पर्धा भइरहेको छ । अन्तरविद्यलयतर्फ ब्वाइजमा २४ र गल्र्समा १६ टिमको सहभागिता छ । एसइइतर्फ ब्वाइजमा २० र गल्र्समा १२ टिमले भाग लिएका छन् ।

दुवैतर्फ विजेताले ५ हजार र उपविजेताले ३ हजार नगद पुरस्कार पाउने छन् । ‘मोस्ट भेलुएबल प्लेयर’ लाई जनही ३ हजार नगदबाट पुरस्कृत गरिने छ । फाइनल जेठ जेठ २९ गते हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...