आयोजक हेराल्डलाई दोहोरो सफलता

काठमाडौं (खेलदैनिक) । आयोजक हेराल्ड इन्टरनेसनल कलेजको ब्वाइज र गल्र्स दुवै टोली दोश्रो हेराल्ड कप एसइइ बास्केटबल प्रतियोगितामा शुक्रबार विजयी भएका छन् ।

ब्वाइजमा हेराल्डले टेरेसालाई ११–७ ले पराजित गर्यो । गल्र्समा हेराल्डले टाइगरलाई ९–५ ले हरायो । ब्वाइजको अन्य खेलमा एचएचसीएले स्नो लियोपार्डलाई १३–११ तथा इन्साइट भिजनले टेन्सलाई १५–१४ ले पाखा लगाए । गल्र्समा लुम्बिनीले मोर्गनलाई ७–४ ले निराश पा¥यो ।

प्रतियोगिताको आयोजक हेराल्डका कलेज इन्चार्ज राजेशराज अर्यालले एक कार्यक्रमबीच उद्घाटन गरे । सोमबारसम्म चल्ने प्रतियोगिताको ब्वाइजमा ६० र गल्र्समा ४० टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरिरहेका छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...