दोस्रो हेराल्ड कप आजदेखि

दोश्रो हेराल्ड कप एसइइ बास्केटबल बारे जानकारी गराउदै आयोजक ।

काठमाडौं (खेलदैनिक) । हेराल्ड इन्टरनेसनल कलेजको अयोजनामा दोश्रो हेराल्ड कप एसइइ बास्केटबल प्रतियोगिता शुक्रबारदेखि सुरु हुँदैछ ।

प्रतियोगितामा ब्वाइजतर्फ ६० र गल्र्समा ४० गरी १ सय टिमको सहभागिता रहने हेराल्डका क्याम्पस प्रमुख नारायणप्रसाद उपाध्यायले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । लिग कम नकआउट आधारमा हुने प्रतियोगिताका खेलहरु बसुन्धारास्थित आयोजककै कोर्टमा हुनेछ ।

प्रतियोगिता सञ्चालन गर्न करिब १ लाख रुपैयाँ खर्च हुने हेराल्डका इसीए इन्चार्ज मदनप्रसाद फुयालले जानकारी दिए । ब्वाइजमा ग्रेट माया तथा गल्र्समा लुम्बिनी साविक विजेता हुन् । फाइनल सोमबार हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...