चौथो मल्पी कप : नामी र मल्पी उपाधि नजिक

चौथो मल्पी कप अन्तर ए लेभल थ्री बाइ थ्री बास्केटबलमा प्रतिस्पर्धा गर्दै एलए (रातो) र रुपिजका खेलाडी ।

काठमाडौं (खेलदैनिक) । नामी र आयोजक मल्पीको ‘बी’ टिम चौथो मल्पी कप अन्तर ए लेभल थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको गल्र्सतर्फ बिहीबार फाइनलमा प्रवेश गरेका छन् । ५ टिम सहभागी गल्र्सको राउन्ड रोविन लिगमा नामी विजेता तथा मल्पी ‘बी’ उपविजेता हुँदै फाइनलमा पुगेका हुन् ।

सबै खेल जितेको नामीले एसलाई १०–६, मल्पी ‘ए’ लाई १०–२, चेल्सीलाई १०–६ र मल्पी ‘बी’ लाई ६–३ ले पराजित गर्यो । तीन खेलमा विजयी मल्पी ‘बी’ ले एसलाई ६–४, मल्पी ‘ए’ लाई ७–३ र चेल्सीलाई ४–३ ले हरायो । ब्वाइजमा मल्पी ‘ए’, काष्ठमण्डप, मल्पी ‘बी’ र नामीले सेमिफाइनलमा स्थान सुरक्षित गरे । प्रतियोगिता शुक्रबार सम्पन्न हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...