डिफेन्डिङ च्याम्पियन मल्पीलाई पाँचौंपटक उपाधि

आठौं एस कप अन्तर ए लेभल ब्वाइज बास्केटबल उपाधि विजेता मल्पी टोली ट्रफीसाथ ।

काठमाडौं (खेलदैनिक) । डिफेन्डिङ च्याम्पियन मल्पी आठौं एस कप अन्तर ए लेभल ब्वाइज बास्केटबल प्रतियोगितामा बिहीबार च्याम्पियन बनेको छ । मल्पी लगातार पाँचौपटक च्याम्पियन बनेको हो ।

चौथो संस्करणदेखि च्याम्पियन बन्दै आएको मल्पी बाँकीका तीन संस्करणमा भने सेमिफाइनलसम्म पुगेको राष्ट्रिय बास्केटबल खेलाडी एवं मल्पीका प्रशिक्षक रोविन खत्रीले जानकारी गराए ।

फाइनलमा मल्पीले आयोजक एसलाई ७५–२६ ले पराजित गर्दै उपाधि रक्षा गर्यो । मल्पीका आयुश लामाले १४ अंक जोडे । चारै क्वाटरमा अग्रता लिएको मल्पीले पहिलोमा २५–८, दोश्रोमा ११–७, तेश्रोमा १६–५ र चौथोमा २३–६ स्कोर गर्यो ।

आठौं एस कप अन्तर ए लेभल ब्वाइज बास्केटबलका उत्कृष्ट खेलाडी आयुश लामा र तेन्जिङ जिग्मे (दायाँ) ट्रफीसाथ ।

मल्पीका आयुश लामा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । प्रतियोगिताभर ९७ स्कोर गरेका एसका तेन्जिङ जिग्मे सर्वाधिक स्कोरकर्ताको सूचीमा शीर्ष स्थानमा रहे ।

विजेतालाई एसकी प्रोग्राम म्यानेजर मिलिना ताम्राकारले एक कार्यक्रमबीच पुरस्कृत गरिन् । आइतबारदेखि सुरु प्रतियोगितामा ८ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...