एस कप ए लेभल बास्केटबल शुक्रबारदेखि

आठौं एस कप अन्तर ए लेभल बास्केटबल बारे जानकारी गराउदै आयोजक ।

काठमाडौं (खेलदैनिक) । एस कलेजको आयोजनामा आठौं एस कप अन्तर ए लेभल बास्केटबल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ ।

प्रतियोगितामा आयोजक एस र डिफेन्डिङ च्याम्पियन मल्पीसहित ८ ब्वाइज टिमको सहभागिता रहने बुधबार आयोजित पत्रकार सम्मेलनमा एसकी प्रोग्राम हेड मिलिना ताम्राकारले जानकारी गराइन् । सहभागी टिम दुई समूहमा रहेर लिग कम नकआउट आधारमा खेल खेल्ने छन् ।

आयोजकका अनुसार प्रतियोगिता सञ्चालन गर्न करिब ३ लाख रुपैयाँ खर्च हुनेछ । एक सातासम्म चल्ने प्रतियोगिताका खेलहरु गैरीगाउँमा हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...