न्यु भिजन कप : आयोजक सेमिफाइनलमा

प्रथम न्यु भिजन कप उपत्यकाव्यापी अन्तरविद्यालय बास्केटबलको सिनियर ब्वाइजमा जनप्रेमीका खेलाडी होप भ्याली विरुद्ध बल अगाडि बढाउदै ।

काठमाडौं (खेलदैनिक) । आयोजक न्यु भिजन एकेडेमी प्रथम न्यु भिजन कप उपत्यकाव्यापी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा बुधबार सेमिफाइनलमा प्रवेश गरेको छ ।

न्यु भिजनले मोनास्टिकलाई ३१–१७ ले पराजित गर्यो । न्यु भिजनको जितमा प्रिया तिमिल्सनाले १४ अंक योगदान गरिन् ।

जुनियर ब्वाइजमा नेरिक र नव ज्योतिले सेमिफाइनलमा स्थान पक्का गरे । रविन्द्र बोहराको १४ अंक सहयोगमा नेरिकले जेनिअमलाई ३४–८ ले हरायो । नव ज्योतिले इरिस एकेडेमीलाई २३–६ ले पाखा लगायो । नव ज्योतिका रोहन थापाले ५ स्कोर गरे ।

सिनियर ब्वाइजमा हिमालयले मोनास्टिकमाथि ३४–२० को जित निकाल्दै क्वाटरफाइनलमा स्थान बनायो । हिमालयका जोन सुनवारले १२ अंक जोडे । होप भ्यालीसंग ३२–३० को पराजय बावजुद जनप्रेमी पनि क्वाटरफाइनलमा स्थान बनाउन सफल भयो । दुवैको समान २–२ जित रहेको अवस्थामा स्कोर अन्तरका आधारमा जनप्रेमी अगाडि बढेको हो ।


प्रतिक्रिया दिनुहोस

Loading...