भ्याली पब्लिक र ज्ञान निकेतन सेमिफाइनलमा

आठौं इनोभेटिभ अन्तरविद्यालय बास्केटबलको जुनियर ब्वाइजमा नेरिकका खेलाडी ज्ञान निकेतन विरुद्ध बल अगाडि बढाउदै ।

काठमाडौं (खेलदैनिक) । भ्याली पब्लिक र ज्ञान निकेतन आठौं इनोभेटिभ कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।

भ्याली पब्लिकले आयोजक इनोभेटिभलाई ४५–३० ले पराजित गर्यो । भ्याली पब्लिकका राहुल विकले १६ अंक जोडे । ज्ञान निकेतनले ग्रिनल्यान्डलाई ४५–४२ ले हरायो । ज्ञान निकेतनका सम्राट भुमिले ३० स्कोर गरे ।

सिनियर ब्वाइजमै नेरिक एकेडेमीले एचएचसीएलाई ३८–३० तथा विल्सन एकेडेमीले श्रीदिवालाई ४४–२८ ले पाखा लगाउदै सेमिफाइनलमा पुगे । नेरिकका सन्तोष खत्रीले २० तथा विल्सनका सुशान्त लामाले १६ अंक बटुले ।

जुनियर ब्वाइजमा नेरिकले ज्ञान निकेतनलाई ३०–२० ले निराश पार्दै सेमिफाइनलमा स्थान सुरक्षित गर्यो । विजयी टिमका लागि भुवन थापाले ९ अंक जोडे । सिनियर गल्र्सको उपाधिका लागि आयोजक इनोभेटिभले विल्सन विरुद्ध प्रतिस्पर्धा गर्ने भएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...