भद्रकाली कप : भ्याली पब्लिक र बीएनएको जित

दोश्रो भद्रकाली कप अन्तरविद्यालय बास्केटबलको सिनियर गल्र्समा टीआईए विरुद्ध बल अगाडि बढाउदै ग्रिनल्यान्डकी खेलाडी ।

काठमाडौं (खेलदैनिक) । भ्याली पब्लिक र बीएनएले दोश्रो भद्रकाली कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा मंगलबार जित हात पारेका छन् ।

भ्याली पब्लिकले बूढानीलकण्ठलाई २८–१५ तथा बीएनएले हिमालयलाई २०–९ ले पराजित गरे । सिनियर ब्वाइजमै टीआईएले ग्रिनल्यान्डलाई २३–८, ह्वाइट हेभेनले बाव विकासलाई १४–६, लालीगुराँसले नेसनल युनाइटेडलाई २१–१४ र नवजीवनले पृथ्वीलाई २६–११ ले हराए ।

सिनियर गल्र्समा आयोजक भद्रकालीले इडेन ब्रिज एकेडेमी (इबिए) लाई १६–९, टीआईएले ग्रिनल्यान्डलाई १४–४ र भ्याली पब्लिक ‘बी’ ले नेसनल युनाइटेडलाई २०–११ ले पन्छाए ।


प्रतिक्रिया दिनुहोस

Loading...