न्यु भिजन कप : होप भ्याली र इरिसको जित

प्रथम न्यु भिजन कप उपत्यकाव्यापी अन्तरविद्यालय बास्केटबलमा इरिस एकेडेमीका खेलाडी मोनास्टिक विरुद्ध बल अगाडि बढाउदै ।

काठमाडौं (खेलदैनिक) । होप भ्याली र इरिस एकेडेमीले प्रथम न्यु भिजन कप उपत्यकाव्यापी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा सोमबार सफलता पाएका छन् ।

होप भ्यालीले नेपाल सेन्ट्रललाई ४१–३८ ले पराजित गर्यो । होप भ्यालीको जितमा संगम श्रेष्ठले १५ अंक योगदान गरे । उज्ज्वल लिम्बूको १० अंक सहयोगमा इरिसले मोनास्टिकलाई ३२–१२ ले हरायो ।

सिनियर ब्वाइजमै जनप्रेमीले ग्रामरलाई ३९–३५ तथा रेडिअन्टले जेनिअमलाई ४२–२७ ले पन्छाए । जनप्रेमीका सुजन गौतमले १४ तथा रेडिअन्टका उपेन्द्र बस्नेतले १९ स्कोर गरे ।

जुनियर ब्वाइजमा पनि सफलता हात पारेको रेडिअन्टले नेरिक एकेडमेीलाई २५–२० ले निराश पार्यो । रेडिअन्टका राज रोक्काले १३ अंक जोडे ।


प्रतिक्रिया दिनुहोस

Loading...