भद्रकालीमा बास्केटबल सोमबारदेखि

दोश्रो भद्रकाली कप अन्तरविद्यालय बास्केटबल बारे जानकारी गराउदै आयोजक ।

काठमाडौं (खेलदैनिक) । भद्रकाली स्कुलको आयोजनामा दोश्रो भद्रकाली कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि हुने भएको छ ।

प्रतियोगितामा ब्वाइजतर्फ १६ र गल्र्समा ८ टिमको सहभागिता रहने भद्रकालीका संस्थापक निर्देशक कृष्णप्रसाद अधिकारीले आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।

प्रतियोगितामा ब्वाइजलाई ४ तथा गल्र्सलाई २ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने प्रतियोगिता संयोजक पूर्ण न्यौपानेले जनाएका छन् । ब्वाइजको समूह विजेता र उपविजेता क्वाटरफाइनलमा प्रवेश गर्ने छन् भने गल्र्सको समूह विजेता र उपविजेता सीधै सेमिफाइनलमा पुग्ने छन् ।

प्रतियोगिता सञ्चालन गर्न करिब २ लाख ५० हजार रुपैयाँ खर्च हुने भद्रकालीका निर्देशक अच्यूत केसीले जानकारी दिए । ब्वाइजमा गोल्डेनपिक तथा गल्र्समा भ्याली पब्लिक डिफेन्डिङ च्याम्पियन हुन् । माघ २८ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु हात्तीगौडास्थित आयोजककै कोर्टमा हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...