पाचौँ नेरिक कप अन्तर बिद्यालय बास्केटबल सम्पन्न; सेब र एचएचसीएलाई उपाधि

पाँचौ नेरिक कप अन्तर बिद्यालय बास्केटबल प्रतियोगिताको उपाधि सामाखुसी बोडिङ स्कुल (सेब) र एचएचसीएले बुधवार जितेका छन् ।

आयोजक नेरिकको कोर्टमा भएको जुनियर ब्वाईजको खेलमा सेबले ग्रिनल्याण्डलाई २१–१६ को स्कोरले हरायो । प्रतियोगिताका उत्कृष्ट खेलाडि चुनिएका सेबका रबि शर्माले फाईनल खेलमा महत्वपूर्ण १२ स्कोरको योगदान दिएका थिए ।

त्यस्तै सिनियर ब्वाईजको फाईनल खेलमा बिशाल राईको सर्वाधिक १६ स्कोरको मद्दतमा एचएचसीएले माउण्ड कैलाशलाई ३६–२५ को स्कोरमा स्तब्ध बनायो । प्रतियोगिता अवधिभर नै उत्कृष्ट खेल प्रदर्शन गरेका बिशालनै सिनियर ब्वाईजका उत्कृष्ट खेलाडि चुनिए । दुवैतर्फको विजेताले नगद १० हजार र ट्रफि तथा उपविजेताले पाँच हजार रुपैया र ट्रफि प्राप्त गरे ।

मस्ट भ्यालुएबल प्लेयर(उत्कृष्ट खेलाडि)ले ट्रफि र एक हजार नगद पुरस्कार हात पारे । लिगकम नकआउटका आधारमा संचालन भएको प्रतियोगितामा  सिनियर ब्वाईज र जुनियर ब्वाईज दुवै स्पर्धामा समान १२÷१२ विद्यालयको सहभागीता  रहेको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...