ग्रिनल्यान्ड र टीआईए फाइनलमा

इबिए कप अन्तरविद्यालय बास्केटबलको जुनियर ब्वाइजमा बीएनए विरुद्ध बल अगाडि बढाउदै इबिएका खेलाडी ।

काठमाडौं (खेलदैनिक) । ग्रिनल्यान्ड र टीआईए प्रथम इबिए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको गल्र्स थ्री बाइ थ्रीतर्फ आइतबार फाइनलमा प्रवेश गरेका छन् ।

धापासीस्थित आयोजक इडेन ब्रिज एकेडेमी (इबिए) को कोर्टमा भएको सेमिफाइनलमा ग्रिनल्यान्डले भ्याली पब्लिकलाई ९–७ ले पराजित गर्यो । ग्रिनल्यान्डकी सितोषना केसीले ४ अंक जोडिन् । टीआईएले आयोजक इबिएलाई ६–५ को साँघुरो अन्तरले हरायो । टीआईएका लागि रेन्चेन मोक्तानले ४ अंक बटुलिन् ।

जुनियर ब्वाइजमा एन्जल्स हर्ट र बीएनए उपाधिका लागि भिड्ने भएका छन् । एन्जल्स हर्टले लालीगुराँसलाई ३०–१९ ले पाखा लगायो । एन्जल्स हर्टका ओसिस केसीले १५ स्कोर गरे । बीएनएले आयोजक इबिएमाथि २१–१९ को कठिन जित दर्ता गर्यो । बीएनएका सन्देश खड्काले १६ अंक जोडे । फाइनल सोमबार हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...