यालेक्सी र एसलाई सफलता

सातौं एक्सेल्सियर कपको सिनियर गल्र्समा स्किब्स विरुद्ध बल अगाडि बढाउदै ग्यालेक्सीका खेलाडी ।

काठमाडौं (खेलदैनिक) । ग्यालेक्सी पब्लिक स्कुल र एसले सातौं एक्सेल्सियर कपअन्तर्गत सिनियर ब्वाइज फुटबलमा आइतबार जित हात पारेका छन् ।

द एक्सेल्सियर स्कुलको आयोजनामा भइरहेको प्रतियोगितामा ग्यालेक्सीले ओराकललाई ८–० तथा एसले राजन मेमोरियललाई ३–० गोलले पराजित गरे ।

सिनियर ब्वाइजमै नेपाल राष्ट्रियले ग्रिनफिल्डलाई ५–१ तथा एक्सेल्सियरले ओराकललाई ६–० गोलअन्तरले हराए ।

जुनियर ब्वाइज फुटबलमा ओराकलले त्रिनेत्रलाई २–१, राजश्री गुरुकुलले आर्या एकेडेमीलाई १–० र त्रिनेत्रलाई ५–३, राजन मेमोरियलले एपेक्स लाइफ स्कुललाई २–० तथा ग्रिनफिल्डले एपेक्सलाई ५–१ गेलले पाखा लगाए ।

सिनियर ब्वाइज बास्केटबलमा रेडिअन्टले नेपालयलाई ४५–३६, संस्कृतिले रुपिजलाई ४७–४३ र न्यु जेनिथले टीआईएलाई ४१–३६ ले पन्छाए ।

जुनियर ब्वाइज बास्केटबलमा रेडिअन्टले रुपिजलाई २३–६, सिद्धार्थ बनस्थलीले न्यु जेनिथलाई २६–१२, ग्रिनफिल्डले महामञ्जुश्रीलाई ३१–२१ तथा सेबले द इलाइट को–एडलाई २५–१० ले निराश पारे ।

सिनियर गल्र्स बास्केटबलको प्रतिस्पर्धात्मक खेलमा स्किब्सले ग्यालेक्सीलाई २३–२२ तथा टीआईएले द चाँदबाग स्कुललाई १५–१४ ले पराजित गरे ।


प्रतिक्रिया दिनुहोस

Loading...