प्रथम इबिए कप : आयोजक इबिए ‘ए’ सेमिफाइनलमा

इबिए कप अन्तरविद्यालय बास्केटबलको गल्र्समा इबिएकी मन्दिरा परियार बल अगाडि बढाउदै ।

काठमाडौं (खेलदैनिक) । आयोजक इडन ब्रिज एकेडेमी (इबिए) ‘ए’ प्रथम इबिए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजतर्फ शुक्रबार सेमिफाइनलमा प्रवेश गरेको छ ।

इबिए ‘ए’ ले पारामाउन्ट एकेडेमीलाई २९–१३ ले पराजित ग¥यो । इबिए ‘ए’ का सुनील मल्लले २४ अंक जोडे ।

जुनियर ब्वाइजमै एन्जल्स हर्टले गोल्डेनपिकलाई १८–१० तथा ग्रिनल्यान्डले फयुजन एकेडेमीलाई ३०–१५ ले हराए । एन्जल्स हर्टका ओसिस केसीले १० तथा ग्रिनल्यान्डका सागर तामाङले १२ स्कोर गरे ।

गल्र्सको थ्री बाइ थ्रीतर्फ समूह ‘सी’ बाट ग्रिनल्यान्ड ‘ए’ विजेता र इबिए ‘बी’ समूह ‘बी’ उपविजेता बन्दै क्वाटरफाइनलमा पुगे ।

लगातार तीन खेलमा जित हात पारेको ग्रिनल्यान्ड ‘ए’ ले पारामाउन्टलाई ६–३, साइपाल एकेडेमीलाई ६–४ र इबिए ‘बी’ लाई ५–४ ले निराश पा¥यो । तीनै जितमा सर्वाधिक स्कोर गरेकी ग्रिनल्यान्ड ‘ए’ की सितोषना केसीले क्रमशः ४, ५ र ४ अंक जोडिन् ।

इबिए ‘बी’ ले पारामाउन्टलाई ७–३ तथा साइपाललाई ४–२ ले पन्छायो । दुवै खेलमा उच्च स्कोर गर्ने क्रममा इबिए ‘बी’ की नम्रता राईले पारामाउन्ट विरुद्ध ५ र साइपाल विरुद्ध ३ अंक जोडिन् ।


प्रतिक्रिया दिनुहोस

Loading...