सीसीआरसी र ट्रिनिटी सेमिफाइनलमा

ज्ञान निकेतन प्लस टु बास्केटबलमा इन्साइट भिजन विरुद्ध बल अगाडि बढाउदै सीसीआरसीका अनमोल खत्री ।

काठमाडौं (खेलदैनिक) । सीसीआरसी र ट्रिनिटी १८ औं ज्ञान निकेतन प्लस टु छात्र बास्केटबल प्रतियोगितामा मंगलबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।

सीसीआरसीले इन्साइट भिजनलाई ६२–५० ले पराजित गर्यो । सीसीआरसीको जितमा पवन खत्रीले १६ अंक योगदान गरे । दिपेश महतोको १४ अंक सहयोगमा ट्रिनिटीले आयोजक ज्ञान निकेतनलाई ४२–३७ ले हरायो ।

अन्य क्वाटरफाइनलमा जित हात पार्दै जेभियर इन्टरनेसनल कलेज र टाइम्स कलेज पनि सेमिफाइनलमा पुग्न सफल भए ।

जेभियरले ओमेगामाथि ६६–३४ को सहज जित दर्ता गर्यो । जेभियरका सुनील थापाले १६ अंक जोडे । टाइम्सले ह्वाइटहाउसको यात्रा ५९–२७ ले पूर्णविराम लगायो । टाइम्सका लागि सुजन लिम्बूले सर्वाधिक १९ स्कोर गरे । सेमिफाइनलमा टाइम्सको भेट सीसीआरसीसंग हुनेछ भने जेभियरले ट्रिनिटी विरुद्ध प्रतिस्पर्धा गर्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...