नामी कप आइतबारदेखि शुरु हुँदै

नामी कप थ्री बाइ थ्री अन्तर ए लेभल बास्केटबल बारे जानकारी गराउदै आयोजक ।

काठमाडौं (खेलदैनिक) । नामी कलेजको आयोजनामा नामी कप थ्री बाइ थ्री अन्तर ए लेभल बास्केटबल प्रतियोगिता आइतबारदेखि सुरु हुँदैछ ।

प्रतियोगितामा १४ ब्वाइज टिमको सहभागिता रहने प्रतियोगिता संयोजक डिकेश प्रधानले शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । सहभागी टिमलाई ४ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गराइनेछ ।

नगद पुरस्कारको व्यवस्था पनि रहेको संयोजक प्रधानले जानकारी दिए । खेलहरु जोरपाटीस्थित आयोजककै कोर्टमा हुनेछ । फाइनल सोमबार हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...