ज्ञान निकेतनको विजयी सुरुआत

ज्ञान निकेतन प्लस टु बास्केटबलमा ज्ञान निकेतन (हरियो) र ह्वाइटहाउसबीचको खेल ।

काठमाडौं (खेलदैनिक) । आयोजक ज्ञान निकेतनले १८ औं ज्ञान निकेतन प्लस टु छात्र बास्केटबल प्रतियोगितामा शुक्रबार विजयी सुरुआत गरेको छ ।

शंखमूलस्थित घरेलु कोर्टमा ज्ञान निकेतनले हिमालय ह्वाइटहाउस इन्टरनेसनल कलेजलाई ४२–३७ ले पराजित गर्यो । ज्ञान निकेतनको जितमा मनीष तामाङले २१ अंक योगदान गरे ।

पहिलो क्वाटरमा ८–५ को अग्रता बनाएको ज्ञान निकेतन दोश्रोमा १२–६ ले अगाडि रह्यो । ज्ञान निकेतन तेश्रोमा ७–११ ले पछि प¥यो भने चौथो तथा अन्तिम क्वाटर १५–१५ को बराबरीमा सकियो ।

अन्य समूह चरणको खेलमा जेभियर इन्टरनेसनल कलेज र टाइम्स इन्टरनेसनल कलेजले जितका साथ यात्रा प्रारम्भ गरे । अनिश महर्जनको १९ अंक सहयोगमा जेभियरले इन्साइट भिजनलाई ५५–२६ ले हरायो । चारै क्वाटरमा अग्रता लिएको जेभियरले क्रमशः १८–७, २३–६, १६–८ र ८–५ अंक जोड्यो ।

टाइम्सले सेन्ट जेभियर्समाथि ५७–६ को सहज जित दर्ता गर्यो । टाइम्सका आयुश लिम्बूले ११ अंक जोडे । टाइम्सले पहिलोमा १९–४ र दोश्रोमा २१–० स्कोर गर्यो । बाँकी दुई क्वाटरमा पनि अगाडि रहेको टाइम्सले ११–२ र ६–० को प्रदर्शन गर्यो ।

प्रतियोगिताको ज्ञान निकेतनका प्रमुख कार्यकारी अधिकृत विश्वजित कुँवरले एक कार्यक्रमबीच निर्णायकलाई बल हस्तान्तरण गरी उद्घाटन गरे । लिग कम नकआउट आधारमा भइरहेको प्रतियोगितामा ११ टिम सहभागी छन् । फाइनल माघ १० गते हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...